Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

विजयनगर गाउँपालिकाको एघारौं गाउँ सभाबाट १७ विधेयक पास ।।

दिपक के.सी.
असार ३०, कपिलवस्तु
कपिलवस्तुको विजयनगर गाउँपालिकाले गाउँपालिका सन्चालन नियमावली २०७४ को अनुसूचि १ बमोजिम १७ वटा विधेयक निति तथा योजनाहरु बनाएको छ । पालिकाको एघारौं गाउँ सभाबाट नयाँ बनेका विधेयकहरु पास गरिएको छ ।


गाउँपालिका संचालनका लागी एघारौं गाउँ सभामा गाउँपालिका अध्यक्ष गोपाल थापाले विभिन्न विधेयक निति तथा योजनाहरु प्रस्तुत गर्नुभएको थियो । सभामा प्रस्तुत भएका विधेयक निति तथा योजनाहरु सर्वसम्मतबाट पास भएको हो । सभामा अध्यक्ष थापाले विजयनगर गाउँपालिकाको आर्थिक विधेयक २०७९, गाउँपालिकाको विनियोजन विधेयक २०७९, शिक्षा ऐन २०७६ को पहिलो संशोधन २०७९, स्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, स्थानिय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, स्थानिय सेवाका कर्मचारी व्यवस्थापन ऐन २०७७ को पहिलो संसोधन २०७९, विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०७९, विपद जोखिम न्यूनिकरण स्थानिय रणनिति कार्ययोजना ०७९/०८०, वातावरण व्यवस्था निति २०७९, स्वास्थ्य तथा सरसफाई निति २०७९, लैगिंक समानता तथा सामाजिक समावेशिकरण निति २०७९, स्थानिय मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०७९, विपद संवेदनशिल सामाजिक सुरक्षा योजना २०७९, विपद तथा जलवायु उत्थानशिल योजना २०७९, सेवा प्रवाह मापदण्ड २०७९, गाउँपालिकाको क्षमता विकास योजना २०७९ र सार्वजनिक क्षेत्र अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्यविधी २०७९ प्रस्तुत गर्नु भएको थियो । एघारौं गाउँ सभाको पहिलो बैठकमा प्रस्तुत भएको विधेयक निति तथा योजनाहरुमा विभिन्न चरणमा छलफल पश्चात सभाको दोस्रो बैठकमा पास भएको हो ।

नयाँ पास भएका विधेयक निति तथा योजनाले गाउँपालिका सन्चालन अझ सहज हुने र समृद्ध पालिका निर्माण थप टेवा पुग्ने गाउँपालिका अध्यक्ष थापाले बताउनु भयो । गाउँ सभाबाट पास भएका विधेय आ.व. ०७९/०८० बाट लागु हुने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma