Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तु उद्योग वाणिज्य संघद्धारा व्यावसायीलाई नेतृत्व विकास तालिम प्रदान

कलिवस्तु – कपिलवस्तु उद्योग वाणिज्य संघ ले आफ्ना सदस्यहरु उद्योगी व्यापारीलाई व्यक्तित्व विकास, क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम प्रदान गरेका छन् ।

व्यवसायीलाई उद्यम संगै व्यक्तित्व विकासलाई लक्षित गरि तालिमको आयोजना गरेको आयोजकले जनाएको छ । समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद विष्णु पंन्थीले सहभागीहरुलाई तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए ।

उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष उमानाथ पौडेलले उद्योग वाणिज्य संघले व्यवसायीको हितमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउदै यस्ता कार्यक्रमले व्यवसायीक प्रर्वद्धन समेत हुने बताएका थिए ।

सो अवसरमा सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरेका थिए । कार्यक्रम संघका अध्यक्ष डोकलराम घिमिरेको अध्यक्षता र महासचिव मनोज पौडेलको संचालनमा संम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma