Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शुल्क बृद्धिको विरोध गर्दै अनेरास्ववियुले बुझायो ज्ञापन–पत्र

कपिलवस्तु – सामुदायिक क्याम्पसहरुमा भएको शुल्क बृद्धिको विरोध गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पब्लिक क्याम्पस संघ कपिलवस्तुलाई ज्ञापन पत्र बुझाएको छ । शुल्क वृद्धि हटाउन माग गर्दै अनेरास्ववियुले सोमबार पब्लिक क्याम्पस संघ कपिलवस्तुका अध्यक्ष डा. विनय पाण्डेयलाई ज्ञापन पत्र बुझाएको हो ।विद्यार्थीहरुबाट शूल्क उठाएर मात्र सामुदायिक क्याम्पस चलाउनुपर्छ भन्ने मान्यता त्याग्नुपर्ने कुरामा जोड दिंदै अनेरास्ववियुले विषम परिस्थितीमा विद्यार्थीसँग चर्को शुल्क नलिन माग गरेको हो ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष दयाराम पौडेलको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा विद्यार्र्थी माथि हुने अन्याय, अत्याचारका विरुद्धमा संघर्ष र बलिदान गर्न जस्तोसुकै अवस्थामा पनि तयार रहने उल्लेख गरिएको छ ।
विद्यार्थीका रचनात्मक आन्दोलनलाई बेवास्ता गरी विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्क वृद्धिलाई खारेज नगरिए अझ कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न वाध्य हुने समेत चेतावनी दिइएको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा अनेरास्ववियुका जिल्ला उपाध्यक्ष अन्जित खनाल, जिल्ला सह–सचिव हेमराज खनाल , जिल्ला सदस्य विकास भुसााल र सिद्वार्थ क्याम्पस कमिटी अध्यक्ष पशुपति गिरी लगाएतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma