Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

दलित विकास संघको अध्यक्षमा पूर्ण बहादुर सुनार।।

कपिलवस्तु -दलित विकास संघको अध्यक्षमा पूर्ण बहादुर सुनार चयन हुनुभएको छ । शिवराज नगरपालिकाको वडा नम्बर ९ शिवगढीमा अवस्थित दलित विकास संघकोे ९ औँ साधारण सभा तथा चौँथौ अधिवेशनबाट सुनारको नेतृत्वमा ११ सदस्य समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा कृष्ण नेपाली, सचिवमा सुवास परियार, सह–सचिवमा सुवास सुनार र कोषाध्यक्षमा सिर्जना सुनार गरि ११ सदस्य समिति चयन गरिएको संघका सल्लाहकार संयोजक पदम सुनारले जानकारी दिनुभयो । उहाँले पञ्चे बाजाको साथ कार्यक्रमलाई भव्यरुपमा उद्घाटन गरिएको बताउनुभयो । कार्यक्रममा सहभागीले पञ्जेबाजाको तालमा नाच्दै, झुम्दै रमाइलोसमेत गरिएको सल्लाहकार सुनारले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सविधान सभा सदस्य बिनोद पहाडीले समाज परिवर्तनका गर्न शिक्षा, अवसर, राजैनतिक र प्रशासनिक सहभागिता आवश्यक रहेको बताउनुभएको छ । दलित शब्द हटाउँदैमा दलित समुदाय माथि गरिएको विभेद नहट्ने बताउनुभयो । दलित शब्द दलित समुदायको पहिचान भएको उहाँले बताउनुभयो ।
उहाँले दलित समुदायको उत्थानका लागि संविधानमै दलित पहिचानका लागि संविधानमा व्याख्याहित ग्यारेन्टी हुनुपर्ने बताउनुभयो । उहाँले यस दलित समुदायको विकास र परिवर्तनका लागि सबैले एकजूट हुनुपर्नेमा जोड दिनुभयो । शिक्षा, स्वास्थ्य र रोजगार नभएसम्म समाजमा परिवर्तन आउन नसक्ने जिकिर गर्नुभयो ।

यस्तै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्थानीय स्तरबाटै आवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले विभिन्न कालखण्डमा गरिएको आन्दोलनले दलित समुदायको हक, अधिकारका कुराहरु संविधानमा उल्लेख गरिए पनि यसको नीति, नियम र कानुनको कार्यान्वयनका लागि लाग्नुपर्ने बताउनुभयो । आफ्नै तहबाट गम्भीरता साथ लाग्न जरुरी रहेको बताउनुभयो । उहाँले संविधानले दिएको कुराहरुलाई दलित समुदायले बुझ्न आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

यसैगरी वडा अध्यक्ष राम गोपाल थारुले दलित समुदायको विकास र परिवर्तनका लागि आफू तत्पर रहेको बताउनुभयो । उहाँले दलित समुदायलाई पछाडी पारिएकोले उहाँहरुको हक, अधिकारका लागि प्रतिबद्ध रहेको जनाउनुभयो ।

  1. कार्यक्रमलाई नेपाली काँग्रेस वडा सभापति हरि श्रेष्ठ, नेकपा एमाले शिवराज नगर उपाध्यक्ष महादेव पोख्रेल, जनमत पार्टी वडा अध्यक्ष बालजी प्रसाद यादव, नेकपा जिल्ला इन्चार्ज पावेल सी लगायतले दलित समुदायको विकास र दलित माथि गरिएको विभेद अन्त्य गर्न प्रतिबद्धता जनाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma