कपिलवस्तु – असार मसान्तको नाममा बैङ्क तथा वित्तीय संस्थाहरुले उद्योगी, ब्यापारी तथा व्यवसायीलाई अनावश्यक ‘टर्चर’ दिएको भन्दै त्यसो नगर्न कपिलवस्तु उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।
व्यवसायीसंग द्धन्द्ध बढाएर भन्दा कर्जा सहजिकरणका वैकल्पिक उपाय अपनाएर अघि बढ्दा दुवै पक्षलाई राम्रो हुने संघको भनाई छ । समस्या समाधानको सहज बाटो हुँदाहुँदै पैसाको उठाउने नाममा वित्तिय संस्थाहरु अमानवीय र अवाञ्छित गतिविधिमा लागेको गुनासो आइरहेकोले त्यस्ता गतिविधि तत्काल बन्द नभए संघ चुप लागेर नबस्ने समेत संघले चेतावनी दिएको छ । विज्ञप्ती निकाल्नु अघि वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता थारु, वित्तीय संघसंस्थाका प्रमुख र सरोकारवालाको सहभागितामा संघले अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा ब्यवसायीले आफ्ना पीडा राखेका थिए भने वित्तयि संस्थाहरुले आफूहरु नियमअनुसार जाने भन्दै ब्यवसायीलाई टर्चर नगरेको बताएका थिए ।


प्रतिक्रिया