Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

जनता समाजबादी पार्टी कपिलवस्तुको अध्यक्षमा पुनः शैलेन्द्र यादव

कपिलवस्तु – जनता समाजबादी पार्टी नेपाल र राजपा बिच भएको समायोजन पछि कपिलवस्तुमा शलेन्द्र कुमार यादवको अध्यक्षतामा फेरी १ सय १५ सदस्यीय जिल्ला समन्वय समिति चयन गरिएको छ । जनता समाजबादी पार्टीले तौलिहवामा राखेको पुर्व पार्टी समाजबादी पार्टी नेपाल र राजपा नेपाल बिच जिल्ला समायोजन घोषणा सभामा सो समिति चयन गरिएको हो ।

समायोजन समितिका संयोजक तथा पार्टीका प्रदेश उप प्रमुख अब्दुल रसिद खाले सो समितिको घोषणा गरेका हुन । सो अवसरमा अध्यक्ष यादवलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । समितिमा ५ जना उपाध्यक्षहरु बनाइएका छन ।

उपाध्यक्षहरुमा राम निवास पुरी, अजित कुमार सिंह सरफुद्दीन मुसलमान, शिव प्रताप चौधरी र चमन प्रकाश चौधरी छन । सचिवमा चोपलाल राहुल मगर र सह सचिवहरुमा माहोम्मद ईरफान रजा मुसलमान, बिनोद कुमार चौधरी, अनिता चमार र कोषाध्यक्षमा आरती सिंह यादव छन ।

सदस्यहरुमा कृष्ण कुमार तिवारी,रामगोपाल यादव शिवलाल यादव लागयत छन । घोषणा सभामा आगामी बैशाख ३० गते हुने पालिको निर्वाचनमा जिल्लाका १० वटै तहमा पार्टीका उम्मेदवारलाई जिताउनु पर्नेमा जाड दिइएको थियो ।

सो अवसरमा पार्टीका प्रदेश ईन्चार्ज तथा पुवृ मन्त्री दान बहादुर चौधरीले आउने पालिकाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सबै नेता र कार्यकर्ता एक हुनु पर्ने बताए । उनले जिल्लामा जनता समाजबादी पार्टी बलियो हुदै गएको भन्दै उनले मतदाताहरुलाई आकर्षित गर्न नेता र कार्यकर्ताहरु लाग्नु पर्ने बताए ।

कार्यक्रममा पार्टीका अनुशासन समितिका संयोजक नरसिंह चोधरी, पार्टीका केन्द्रिय सदस्य नारायण खनाल, सुद्धोदन गाउपालिकाका प्रमुख निसार अहमद खा, मायादेबी गाउपालिकाका अध्यक्ष बजरंगी चौधरी, गीता श्रीवास्तव, अकरम पठान, शैलेन्द्र यादव लगायतले मन्तब्य दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma