Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

विगुल सहकारीको दसौं साधारण सभा सम्पन्न

कपिलवस्तु – विगुल वचत तथा ऋण सहकारी सस्थाको दसौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा ३ मदवामा रहेका विगुल सहकारीले आज एक कार्यक्रमको आयोजना गरी साधारण सभा सम्पन्न गरेको छ ।


सभामा सहकारीका अध्यक्ष नर बहादुर पौडेलले बार्षिक प्रतिवेदन मार्फत ३ करोड ८३ लाख ५८ हजार ९ सय ३९ बरावरको आयव्याय सार्वजनिक गर्नुभएको थियो । सभामा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले सहकारीले उत्पादनसिल क्षेत्रमा लगानि लगाउन आवश्यक रहेको बताउदै सहकारीबाट ऋण लिएर विलासिताका सामग्रीमा भन्दा पनि उत्पादनसिल क्षेत्रमा लगाएर आत्म निर्भर हुनुपर्नेमा जोड दिनुभयो । समाज परीर्वतन र रोजगारीमुलक कार्यमा सहकारी अगाडि बढ्न आग्रह् पनि गर्नुभयो । पैसालाई ठिक ठाउँमा लगाउन सकिएन भने यसले महंगि बढाउने र देशको हालत श्रलंका जस्तो हुने हुदा थोरै भएपनि उत्पादनसिल क्षेत्रमा लगानि लगाउन आग्रह गर्नुभयो ।


यस्तै कार्यक्रममा शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले सहकारीले महिलालाई अगाडि ल्याउनमा टेवा पुगेको बताउदै हागामि दिनमा पनि महिलालाई उत्पादनसिल बनाउने खालका कार्यक्रमहरु राख्न आग्रह गर्नुभयो ।


शिवराज नगरपालिका वडा नं ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, व्यापार सघं केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष महादेब पोख्रेल लगायत कायैक्रममा बोलने बक्ताहरुले छोटो समयमा धेरै नै उपलब्धी गर्न सफल भएको हुदा सबैलाई समेटेर जान र लघुवित्तीय हरुबाट जोगिएर पैसालाई ठिक ठाउँमा लगानि लगाउन आग्रह गर्नुभएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष नर बहादुर पौडेलको अध्यक्षता तथा सचिब बेलसिंह रावतको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma